Menu

म बहुलाएँ [कविता ]


-बुध्दिकृष्ण गौतम
मलाई ऐठान भएछ
टोपीलाई श्रीपेच ठानेँ ।
म भ्रममा भासिएँ
जनतालाई रैती मानेँ ।
मेरा आसपासकालाई भारदार
अनि आफूलाई
महाराज भन्ठानेँ ।
म अहङ्कारी भएँ ।
जङ्गबहादुर जङ्गे बनेँ ।
आमा म कुलङ्गार सावित भएँ ।
आमा म बहुलाएँ ।। १।।
मैले टेकेको धरातल भुलेँ ।
हिडेका गोरेटाहरू भत्काएँ ।
झरीमा ‌ओत लागेका झुपडीहरूमा
डडेलो लगाएँ ।
आफ्ना मित्रहरूलाई
विश्वासघात गरेँ ।
कामभन्दा धेरै फजुल बकबास गरेँ ।
सपुत हुन्छु भन्दाभन्दै कपुत भएँ ।
आमा म बहुलाएँ ।। २।।
आजभोलि पश्चातापमा
जलिरहेको छु ।
एकान्तमा घोत्लिरहेको छु ।
खै के भो के आवेगमा आएँ ।
सत्यलाई झुठो
असत्यलाई सत्य ठानेँ
लोभी पापी स्वार्थी
झुन्डको सल्लाहमात्र खुरु खुरु मानेँ
आमा मैले विवेक गुमाएँ ।
म बहुलाएँ

No comments:

Post a Comment

KEDAR GAUTAM

authorHello, my name is Jack Sparrow. I'm a 50 year old self-employed Pirate from the Caribbean.
Learn More →



Follow Us

Labels